जब कुनै भाव- अक्षरमा
जीवनका टुक्रा सलबलाउछन्;
ति कुनै लेख नभई लग्छ एउटा-flash back जस्तो…
आजको रङ्गिन कुर्सी मा बसेर,
Black and white अतितलाई
चुरोटको धुवासंगै निल्छु।
भर्खरै बनाएको peg भन्दा टर्रो,
Black n white पलबाट,
मिल्काउन चाहन्छु,
मेरी ex-Cinderella लाई।
ठुलाठुला मेटालिक वालले
घेरेर मन-मस्तिष्क,
उसका आर्किति पनि बन्देज लाए।
कमजोरीका भ्वाङबाट,
सुटुक्क छिरेर, डेरा जमाउछे:
फेरि यहि मुटु भित्र ।
जुठा गरिदिन्छे,
मेरा हरेक pegका नसा
उसकै स्मृतिले।

वेमौसमि झरीको सरगमसंगै,
प्रितका रसले नयन श्रिङ्गारेर;
थोरै मायाका लाली ओठमा पोतेर,
मेरो समिप आउछे।
उसको न्यानो पनलाई
छातीमै टासेर,
पुग्नै लागेथे निदरीलोक:
“मेघा चट्कीन लागिन!”
हैट! Black n white दिनमा पुगेछु।
यो झरीमय साँझ,
फेरी जुठो गरेर ,
उसका स्पर्शका यादले:
उ कतै विलिन भई।