मलाई सह्रै मनपर्ने दुई कुरा साॅझको वतास र वर्षा। चाहे मौसमी होस या वेमौसमी: म दिवानी हुं झरीकी हरेक थोपा मेरै लागी वर्षीए जस्तो लाग्छ। सानै देखी खुब रुचाउथे राति सम्म पटाङ्गीनी मा बस्न जून-तारा हेर्न।
बदलिदो परिस्थिति- मेरा मायालु नजर मिस गर्दो हो गगन।
घोत्लिन्छु!
यो आकाश पनि काठमांडौको आकाश होइन जस्तो लाग्छ आजकल। दुनियाले कोपरदा-कोपरदा, दुखाउदा-दुखाउदा आफु लाई कठोर बनाउन आफ्नो सौन्दर्यलाई कम्मवल ओढाएर फिजारीएको चिसो देखिन्छ आकाश मानौ उ अस्मिता लुटिएकी एउटी राम्री युवती हो जो सिताराले उनिएको आचल फ्याकेर कालो वर्को ओडेकी छे।
हो काठमांडौ पकै नारी हुनुपर्छ; र त लछारीएर पछारीएर चिथोरीएर लुटिएर पनि वर्षिन्छन् कलंकित वचनहरु,
उनकै चरीत्र माथी उठ्छन औलाहरु।
गल्ली गल्लीमा भेटिन्छन काठमांडौलाई गाली दिने: लाखौॅ तिरस्कार वावजुत न्यानो काख शरण दिने काठमांडौ पकै आमा हुन्।
काठमांडौमात्र होइन नेपाल पनि नारीनै हुन् र त राता रात दान हुन्छन आफ्नै भुमीहरू। ति छोरीनै हुन जो जन्मीदै दान हुने भावी कोरेर जन्मिन छन्। वडो स्नेहले हुर्काएर, श्रादमा गौ दान र पिण्ड दान गरे झै कन्या दान हुन्छन छोरी हरू।
आज बिहानै कतै पढेको थिए, हरेक दिन तीनमा एक नारी बलात्कृत हुन्छन। म पनि तीन दिदी बहिनी मध्यकी माईली।
लमतन्न पछारीएको अधेरो आकाश देखी झस्किन्छु हत्पत भित्र लाग्छु।
#पाना