प्रिय रुक्मणी,

एउटा नारी भएकाले म बुझ्छु आज तिम्रो मन कति रुदो हो। आदि सरह अज्ञानी को मुखमै गएर चिच्याउन मन लग्दो हो, म हु कृष्णकी अर्धांगी भनेर। दुनियाले तिम्रो पतिको जन्मदिनको महोत्सव मनाई रहदा, राधे-कृष्ण राधे-कृष्ण गाइरहदा,  आफ्नो  अस्तित्व मेटीएको भान हुदो हो, छाती पीटेर क्वा क्वा रुने मन हुदो हो। सोच्दि हौ गल्ली गल्ली मा महिलावादका नारा लगाउनेहरु हो! मलाई अन्याय भयो! खै त न्याय दिएको?  १६००० गोपिनी पछी हुदाहुदै, १६००१ नंबर मा पर्नका निम्ती “आउन कृष्ण लौन मेरो हात समाउ” भन्दै छम छमी नाच्नेको कमी छैन, म बुझ्छु तिम्रो मन कती जल्दो हो।

म बुझ्छु रुकमणि कस्तो हुदो हो  तिमीलाई त्यो ढुङ्गे मन्दिरमा कृष्णको छेउ तिम्रो लागी ठाऊँ नहुदा। ऊनि र उसकी प्रेमिका को निम्ती जताततै पिंग सिंगारिदा तर तिम्लाई सहानुभूति दिदै थाप्थापैदिने एउटा पनि हात नहुदा, भक्कानो फुट्दो हो शिर ढल्काएर रुने एउटै काध नहुदा। म बुझ्छु पृथ्वीको रौनक हेर्दै तिम्रो आत्मा स्वर्गमा रुदो हो। दुनिया ढोल बजाउदै राधे-कृष्ण गाउदा तिम्रो भक्कानो फुट्दो हो।

#पाना