हिमाल, पहाड, तराई
त्रिलोक थर्थराउदै
क्रांतिको बिजुली
अन्धमुष्टि मेघ बिच गडगडाउदै
ति रक्त सागरका छाल
ऑधिवेहेरी सुनामि
सहिदका अवशेष छोड्दै
आशावादी वसन्तमा
जन्मियो त्यो चिराग
सारा ब्रम्हाण्डमा हर्षको दिपावली
राजकिय न्वारन, नाम गण्तन्त्र
जन-जनमा आशाको पालुवा छायो
तेजश्वी रुप उसको
संसार उज्यालिन्छ भन्थे
चाउरिएको थोते ओठ पनि मुस्करायो
निरस नयनले
सपना रंङ्गायो
भन्थे साच्चै करुणामय
जगतलाई शरण दिने
घाउ-घाउले उसको जन्मोत्सव मनायो
एक वर्ष बित्यो
दुई वर्ष बित्यो
बिते दशौ वर्ष
तर अहॅ!
युगनायक मौलाएन
ति थोते मुस्कान
कतै वायुमा मिसिए
ति रंङ्गिन सपना
फूस्रिएर बिलाए
घाउ-घाउ पाकेर
क्यान्सर भए
तर पालुवा पिपल भएन
जन-धनलाई छहारी मिलेन
दश वर्षे चिराग
जुनकिरीको धिपधिप मात्र रह्यो
तेजश्वी रहेन
खडेरीमा गर्जिदै आएको मेघ
वर्षा अझै भएन
कुपोषण लग्यो रे गणतन्त्रलाई
त्यसैले सायद जगत उज्यालिएन
खै कुन हातमा हुर्कियो
कुपोषण लाग्यो रे उसलाई
त्रिलोक सुवासिने त्यो फुल
अझै फक्रिएन

#पाना